२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बैंकिङ्ग क्षेत्रमा युवा शक्ति: राष्ट्रिय वाणिज्य बैंकको ११७ अधिकृतको पूर्व सेवाकालीन तालिम

images

  • २०८१ कात्तिक १, बिहीबार
  • 1.5K
    SHARES
  • बैंकिङ्ग क्षेत्रमा युवा शक्ति: राष्ट्रिय वाणिज्य बैंकको ११७ अधिकृतको पूर्व सेवाकालीन तालिम

    काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम प्रदान गरेको छ। लोक सेवा आयोगबाट सञ्चालन गरिएको लिखित परीक्षा र अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट गरिएका यी अधिकृतहरूलाई चौध दिने तालिम बिहीबारदेखि काठमाडौंमा सञ्चालन भइरहेको छ।

    तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले प्रतिस्पर्धात्मक बजारमा बैंकले लिएको उद्देश्यको कार्यान्वयनमा ठूलो संख्यामा जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। उनले भने "जनताको ठूलो विश्वास रहेको बैंकले व्यवसायिक ढंगबाट कार्य गर्ने सोच बनाउनु पर्ने छ।"

    खनालले विभिन्न प्रक्रियापछि बैंकले ठुलो संख्यामा युवा अधिकृतहरूलाई नियुक्ति दिई देश र नागरिकको सेवामा योगदान गर्ने अवसर प्रदान गरेको बताए। उनले सहायक स्तरका कर्मचारीहरूको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि बैंकको सेवा र उत्पादनत्वमा सुधार आउने कुरा पनि उल्लेख गरे।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उप प्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक तहका ११७ जना अधिकृतहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली अनुसार शपथ गराएका थिए।

    यस अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिएका थिए।

    कार्यक्रमको सफलतामा बैंकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विनय रमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा र तालिम तथा सिकाई विकासका विभागीय प्रमुख पद्मा लक्ष्मी जि.सी. लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ