२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

देशभरको तापक्रम क्रमशः घट्दै, चिसो बढ्दै

images

  • २०८१ कात्तिक २, शुक्रबार
  • 1.2K
    SHARES
  • देशभरको तापक्रम क्रमशः घट्दै, चिसो बढ्दै

    काठमाडौँ : मनसुन सकिएसँगै देशभरको तापक्रम घट्दै गएको छ। जसले बिहान-बेलुकी चिसो महशुस गराउन थालेको छ। काठमाडौं उपत्यकामा शुक्रबार बिहान न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस मापन भएको थियो।

    अर्कोतर्फ देशका अन्य क्षेत्रहरूमा पनि न्यूनतम तापक्रममा गिरावट देखिएको छ। दिपायलमा २०.४ डिग्री सेल्सियस, डडेलधुरामा १३.३ डिग्री सेल्सियस, धनगढीमा २१.५ डिग्री सेल्सियस, विरेन्द्रनगरमा १७.४ डिग्री सेल्सियस, नेपालगन्जमा २२.६ डिग्री सेल्सियस, जुम्लामा १०.१ डिग्री सेल्सियस, घोराहीमा १९.४ डिग्री सेल्सियस र पोखरामा १७.९ डिग्री सेल्सियस मापन गरिएको छ।

    त्यस्तै सिमरामा २०.५ डिग्री सेल्सियस, ओखलढुंगामा १४.२ डिग्री सेल्सियस, ताप्लेजुङमा १४.३ डिग्री सेल्सियस, धनकुटामा १५.५ डिग्री सेल्सियस, विराटनगरमा २२.५ डिग्री सेल्सियस, जोमसोममा ९.५ डिग्री सेल्सियस, धरानमा २० डिग्री सेल्सियस, लुम्लेमा १४.५ डिग्री सेल्सियस, जनकपुरमा २२.४ डिग्री सेल्सियस र जिरीमा १३.५ डिग्री सेल्सियस मापन भएको छ।

    अधिकतम तापक्रम पनि घट्दो क्रममा रहेको छ। सामान्यतया धेरै गर्मी हुने धनगढी र नेपालगन्जमा बिहीबार अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस मापन गरिएको थियो। भने जनकपुरमा अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस थियो।

    देशभरको मौसम क्रमशः चिसो हुँदै जाँदा नागरिकहरूलाई बिहान-बेलुकी न्यानो लुगा लगाउन आग्रह गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ