२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै

images

  • २०८१ कात्तिक २, शुक्रबार
  • 831
    SHARES
  • बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै

    काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरिरहेको छ। 

    यस अभियानमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइनेछ। साथै, १५ महिनासम्म लगाउनु पर्ने कुनै नियमित खोप छुटेको भए त्यो खोप पनि लगाइने व्यवस्था गरिएको छ।

    भिटामिन ‘ए’ को डोज:

    ६ महिनासम्मका बालबालिकालाई नखुवाइने।
    ६-१२ महिनाका बालबालिकालाई आधा क्याप्सुल।
    १२ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई १ क्याप्सुल।

    जुकाको औषधि को डोज:     

    १२ महिनासम्मका बालबालिकालाई नखुवाइने।
    १-२ वर्षसम्मका बालबालिकालाई आधा क्याप्सुल।
    २ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई १ क्याप्सुल खुवाइने।


    देशभरिका स्वास्थ्यकर्मीहरूले अभियानलाई सफल बनाउन खटिनेछन। जसले बालबालिकाको स्वास्थ्य सुधार र पोषणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ