काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका २० लाख ४ हजार ६ सय ६६.५७ कित्ता बोनस शेयर सूचीकृत गरिएको छ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ४ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) समावेश थियो।
यही ४ प्रतिशत बोनस सेयरलाई आज नेप्सेमा सूचीकृत गरिएको हो। जसका कारण बजारमा थप २० लाखभन्दा बढी कित्ता शेयर प्रवेश भएको छ।



