२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

औँला बारम्बार पड्काउँदा हुन सक्छन् यी ४ गम्भीर समस्या

images

  • २०८१ कात्तिक ३, शनिबार
  • 1.4K
    SHARES
  • औँला बारम्बार पड्काउँदा हुन सक्छन् यी ४ गम्भीर समस्या

     

    काठमाडौँ : अधिकांश मानिसहरूलाई अल्छी लाग्दा वा कामको बीचमा औँला, घाँटी वा जोर्नीहरू पड्काउने बानी हुन्छ। यस्तो बानीले केही समयका लागि आराम महसुस गराए पनि स्वास्थ्य विज्ञहरूका अनुसार यसले दीर्घकालीन स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

    औँला पड्काउने बानीका खतरा

    हाम्रो शरीरका जोर्नीहरूमा साइनोभियल नामक तरल पदार्थ हुन्छ। जब हामी औँला वा जोर्नीहरू पड्काउँछौं। यो तरल पदार्थको ग्यास निस्कन्छ र साना बुलबुले फुट्छन्। जसले आवाज उत्पन्न गर्छ। तर औँला बारम्बार पड्काउनुको दीर्घकालीन असर खतरनाक हुन सक्छ।

    विज्ञहरूका अनुसार: 

    1. हातको पकड कमजोर हुने: बारम्बार औँला पड्काउँदा हातको पकड शक्ति कमजोर हुन सक्छ।
    2. जोर्नीमा सुनिने समस्या: निरन्तर औँला पड्काउँदा हात र जोर्नीमा सुनिने समस्या देखिन सक्छ।
    3. आर्थ्राइटिसको जोखिम: औँला धेरै पड्काउने बानीले भविष्यमा आर्थ्राइटिसको सम्भावना बढ्न सक्छ यद्यपि यो विषयमा अझै अनुसन्धान जारी छ।
    4. औँला भाँचिने जोखिम: कहिलेकाहीं धेरै जोडले औँला पड्काउँदा औँला भाँचिनेसम्मको खतरा हुन सक्छ। यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

    यदि औँला पड्काउँदा कुनै पीडा वा असजिलो महसुस हुँदैन भने यो सामान्य मानिन्छ। तर यसलाई दीर्घकालीन बानी बनाउँदा स्वास्थ्यमा जोखिम निम्तिन सक्छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ