काठमाडौँ : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने घोषणा गरेको छ। यस एफपीओ जारी गर्नुको मुख्य कारण लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि आफ्नो शेयर पूँजी संरचना सन्तुलनमा राख्न हो। जसअनुसार संस्थापकको ६९.४८% र सर्वसाधारणको ३०.५२% शेयर संरचना कायम गर्नु आवश्यक छ।
लघुवित्तले ३ लाख ५० हजार ९ सय ४.२५ कित्ता शेयर सार्वजनिक गर्नेछ। जसको अंकित मूल्य १०० रुपैयाँ हुनेछ र यसमार्फत् ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको पूँजी उठाउन खोजिएको छ। एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदनको म्याद कात्तिक २० गतेसम्म हुनेछ र पर्याप्त आवेदन नआएमा कात्तिक २६ गतेसम्म म्याद थप हुनेछ।
यस एफपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो। रेटिङ्ग एजेन्सी इक्रा नेपालले लघुवित्तलाई "इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस" प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको जनाउँछ।
लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट वा 'मेरो शेयर' अनलाइन सफ्टवेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।



