काठमाडौँ : काठमाडौं दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघले विश्व पर्यटन दिवस २०२४ को अवसरमा काठमाडौंको बसन्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेको छ। यस कार्यक्रममा रक्तदान, सांगीतिक प्रस्तुति, सामूहिक अर्केष्ट्रा, प्रहरी अर्केष्ट्रा, र धिमे बाजाको बृहत नृत्य प्रस्तुत गरिएको छ।
नेवारी परम्परागत पोशाकमा सुसज्जित युवाहरूले नेवारी सांस्कृतिक नृत्य 'घिन्ता घिसी' पनि प्रस्तुत गरे। यस प्रकारका सांस्कृतिक कार्यक्रमहरूले काठमाडौंको सांस्कृतिक सम्पदा र परम्परागत कलाहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दछन्, जसले पर्यटनलाई पनि टेवा पुर्याउँछ।



