२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अग्रणी पर्यटन व्यवसायी बसन्तराज मिश्रले संसार छाडे

images

  • २०८१ कात्तिक ४, आइतबार
  • 1.4K
    SHARES
  • अग्रणी पर्यटन व्यवसायी बसन्तराज मिश्रले संसार छाडे

    काठमाडौँ : प्रख्यात पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ। केही दिनअघि डेंगु संक्रमण भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उहाको उपचार भइरहेको थियो। जहाँ उपचारकै क्रममा उहाँको निधन भएको हो।

    ७३ वर्षीय मिश्र पाँच दशकभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित थिए। वन्यजन्तु पर्यटनको प्रवर्द्धनमा विशेष योगदान दिएका थिए। चार दशकअघि स्थापना गर्नुभएको भेन्चर ट्राभलसँगै उहाँले नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट सञ्चालन गर्नुभएको थियो। मिश्रसँग ठमेलमा अपार्टमेन्ट लगायत विभिन्न व्यवसायहरू पनि थियो।

    भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्षका रूपमा उहाँले लामो समयसम्म पर्यटन उद्योगमा सेवा गर्नुभएको थियो। उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ललितपुर कुपोन्डोलस्थित निवासमा पार्थिव शरीर राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

    उहाँका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ