२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे पुन: नियुक्त

images

  • २०८१ कात्तिक ४, आइतबार
  • 1.4K
    SHARES
  • शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे पुन: नियुक्त

    काठमाडौँ : शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दिप प्रकाश पाण्डेलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ। कात्तिक १ गते सम्पन्न सञ्चालक समितिको ३४० औँ बैठकमा उहाँलाई ४ वर्षको कार्यकालका लागि नियुक्त गर्ने निर्णय भएको हो।

    पाण्डेले यसअघि पनि कम्पनीमा सीईओको भूमिका निभाइसकेका छन् र नयाँ बीमा ऐनको प्रावधान अनुसार पुनः सीईओमा नियुक्त गरिएको हो। पाण्डे नेपाली निर्जीवन बीमा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् र बीमा सेवा प्रदान गर्नमा उनी एक अनुभवी र सक्षम व्यक्ति मानिन्छन्।

    पाण्डे एक अनुभवी बीमा पेशेवर हुन् जसले तीन दशकभन्दा बढीको अनुभव संकलन गरेका छन्। उनले शिखर इन्स्योरेन्समा काम गर्नुअघि करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए। २०७७ सालको कार्तिक ११ गते उनले शिखर इन्स्योरेन्सको सीईओको रूपमा चार वर्षको कार्यकाल थाल्नुभयो र त्यसको समाप्ति अघि उनी पुनः सोही पदमा नियुक्त भएका छन्।

    पाण्डे विगत २० वर्षदेखि देशी कम्पनीहरूको सीईओको रूपमा काम गर्दैछन् र २०६१ सालदेखि शिखर इन्स्योरेन्सको सीईओका रूपमा सेवा गर्दै आएका छन्।

    sicl.JPG

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ