२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पहिलोपटक जीवन बीमा किन्दै हुनुहुन्छ? सही निर्णयका लागि यी उपायहरू अपनाउनुहोस्

images

  • २०८१ कात्तिक ४, आइतबार
  • 2.0K
    SHARES
  • पहिलोपटक जीवन बीमा किन्दै हुनुहुन्छ? सही निर्णयका लागि यी उपायहरू अपनाउनुहोस्

    काठमाडौँ : पछिल्लो समय देखा परेको कोरोना महामारी र त्यसका विभिन्न भेरिएन्टहरूले मानिसको स्वास्थ्यमा अनिश्चितता थप्दै आएको छ। यस्तो परिस्थितिमा जीवनको सुरक्षा सुनिश्चित गर्न जीवन बीमा प्रति आकर्षण बढेको छ। भविष्यका योजना बनाउन जीवन बीमा प्रभावकारी उपाय हुनसक्छ। जसले पढाइ, विवाह, सेवा निवृत्तिजस्ता महत्त्वपूर्ण जीवनका चरणहरूका लागि आर्थिक योजना बनाउन मद्दत गर्छ। तर बीमा पोलिसी खरिद गर्दा केही महत्त्वपूर्ण कुराहरू ध्यानमा राख्न आवश्यक छ।

    १. बीमा कभर: आम्दानीको १० प्रतिशत सम्म विचार गर्नुहोस्

    बीमा कति कभर गर्नुपर्छ भन्ने प्रश्न धेरैको मनमा हुन्छ। धेरैजसो बीमा अभिकर्ताले आफ्नो वार्षिक आम्दानीको कम्तीमा १० प्रतिशतसम्मको बीमा कभर लिन सल्लाह दिन्छन्। बीमा कभरको निर्णय गर्दा तपाईको भविष्यका आर्थिक आवश्यकता, ऋण, बचत र जीवनशैलीलाई ध्यानमा राख्नुपर्छ।

    २. व्यक्तिगत आर्थिक आवश्यकता पहिचान गर्नुहोस्

    तपाईंको आर्थिक आवश्यकताहरू उमेर र जीवनचरण अनुसार फरक हुन्छन्। जस्तै: छोराछोरीको पढाइ, विवाह वा अवकाश योजनाका लागि बीमा आवश्यकताहरू अलग-अलग हुन्छन्। त्यसैले तपाईंले आफ्नो व्यक्तिगत आवश्यकता र भविष्यका योजनालाई ध्यानमा राखेर सही बीमालेख छनोट गर्नु महत्त्वपूर्ण छ।

    ३. अनुसन्धान गर्नुहोस् र दावी प्रक्रियाबारे बुझ्नुहोस्

    बीमा पोलिसी खरिद गर्नुअघि विभिन्न बीमा कम्पनीका प्रस्तावहरूबारे राम्ररी अध्ययन गर्नुपर्छ। बजारमा धेरै विकल्पहरू उपलब्ध छन्। जसले कहिलेकाहीँ अन्योल सिर्जना गर्न सक्छ। त्यसैले विज्ञको सल्लाह लिई बीमा दाबी भुक्तानी प्रक्रियाबारे पनि स्पष्ट बुझ्नुपर्छ। त्यसपछि मात्र तपाईंले उपयुक्त बीमालेख छनोट गरेर खरिद गर्नु उचित हुन्छ।

    जीवन बीमा तपाईंको दीर्घकालीन आर्थिक सुरक्षाको महत्त्वपूर्ण हिस्सा बन्न सक्छ। तर सही निर्णय लिनका लागि सावधानीपूर्वक सोच्न र योजना बनाउन आवश्यक हुन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ