२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चिया निर्यातमा ऐतिहासिक वृद्धि, अलैँचीमा भारी गिरावट

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 911
    SHARES
  • चिया निर्यातमा ऐतिहासिक वृद्धि, अलैँचीमा भारी गिरावट

    काठमाडौँ : मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यातमा उल्लेख्य वृद्धि भएको छ। तीन महिनामा ६ हजार ४ सय २६.७६ मेट्रिक टन चिया निर्यात भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो।

    चिया निर्यातको मूल्य पनि ५०.८८ प्रतिशतले वृद्धि भई कुल १ अर्ब ७१ करोड ४० लाख ३१ हजार रूपया पुगेको छ। अघिल्लो वर्ष यो रकम रु १ अर्ब १३ करोड ५९ लाख ९४ हजार थियो।

    नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतमा चिया उत्पादनमा आएको कमीका कारण नेपालबाट चियाको माग बढेको जानकारी दिए। उनले चिया निर्यातमा सरकारको सहयोग बढेमा भारतमा चियाको निर्यात अझै वृद्धि हुने सम्भावना रहेको बताए।

    तर अलैँची निर्यात भने यस अवधिमा ४९ प्रतिशतले घटेको छ। तीन महिनामा जम्मा ७ सय ८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको छ। जबकि अघिल्लो वर्ष यो परिमाण १ हजार ५ सय २५.९६ मेट्रिक टन थियो।

    अन्य वस्तुहरूमा पनि विविध परिवर्तन देखिएको छ। प्लाइउड, अम्रिसो र भेनीयर सिटको निर्यात क्रमशः २५, ३९ र १६६ प्रतिशतले बढेको छ। भने अदुवा, छुर्पी, फलाम र तरकारीहरूको निर्यातमा कमी आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ