२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मन्दाकिनी हाइड्रोपावरको साधारण सभा: बोनस, नगद लाभांश र हकप्रद शेयर प्रस्ताव

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 1.2K
    SHARES
  • मन्दाकिनी हाइड्रोपावरको साधारण सभा: बोनस, नगद लाभांश र हकप्रद शेयर प्रस्ताव

    काठमाडौँ : मन्दाकिनी हाइड्रोपावर लिमिटेड (MHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण र हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा मंसिर ७ गते, शुक्रबार लाजिम्पाटस्थित नेपाली चुलो, काठमाडौँमा बिहान ८ बजे आयोजना हुनेछ।

    सभामा कम्पनीले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि कम्पनीले १:१.२५ अनुपातमा हकप्रद शेयर निष्काशनको प्रस्ताव पनि पारित गर्नेछ।

    हकप्रद शेयरबाट उठेको रकम माथिल्लो सार्दी खोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण, डल्फिन पावर प्रा. लि. मा लगानी र बैंक ऋण भुक्तानीका लागि प्रयोग गरिनेछ।

    सभामा डल्फिन पावर प्रा. लि. मा गरिएको लगानीको अनुमोदन, थप लगानीको प्रस्ताव, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पेश गरिनेछन्।

    साधारण सभा र लाभांश वितरणको लागि कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार कात्तिक २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ