२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मेवा डेभलपर्समा नेपाल लाइफको रु. ५० करोडको लगानी: ऊर्जा क्षेत्रको ठुलो साझेदारी

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 1.4K
    SHARES
  • मेवा डेभलपर्समा नेपाल लाइफको रु. ५० करोडको लगानी: ऊर्जा क्षेत्रको ठुलो साझेदारी

    काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मेवा डेभलपर्समा ५० करोड रुपैयाँको लगानी गर्ने भएको छ। कम्पनीले नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा मेवा डेभलपर्समा लगानी गर्न लागेको जानकारी दिएको छ। मेवा डेभलपर्स मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजनाको प्रवर्द्धक कम्पनी हो।

    नेपाल लाइफले मेवा डेभलपर्सको अंकित मूल्य १०० रुपैयाँमा ५० लाख कित्ता शेयर खरिद गर्ने सम्झौता गरेको छ। जसअनुसार कुल लगानी ५० करोड रुपैयाँ हुनेछ। यस सम्बन्धमा गत कात्तिक १ गते नेपाल लाइफ र मेवा डेभलपर्सबीच शेयर खरिद सम्झौता भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ