काठमाडौँ : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ वर्ष पुरानो नगद लाभांश बुझ्न आग्रह गरेको छ। साबिक हिमालयन जनरल र साबिक एभरेष्ट इन्स्योरेन्सका केही शेयरधनीहरूले हालसम्म पनि लाभांश नबुझेकाले कम्पनीले ३५ दिनभित्र एनएमबि क्यापिटल लिमिटेड (कम्पनीको शेयर रजिष्ट्रार) मा सम्पर्क गरी लाभांश बुझ्नको लागि सूचना जारी गरेको हो।
कम्पनीले चेतावनी दिएको छ कि यदि तोकिएको समयसीमा भित्र लाभांश नलिइएमा, उक्त रकम नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ। जुन कम्पनी ऐन अनुसारको प्रक्रिया हो। यसले शेयरधनीहरूलाई छिटो कदम चाल्न प्रेरित गर्ने उद्देश्यले यो सूचना जारी गरेको हो।



