काठमाडौँ : नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ।
यसअनुसार कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले कुल १ अर्ब ८२ करोड रुपैयाँ बराबरका हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बलेफी हाइड्रोपावरले १ करोड ८२ लाख ७९ हजार ७ सय १ कित्ता हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ।
हाल बलेफी हाइड्रोपावरको चुक्तापूँजी १ अर्ब ८२ करोड रुपैयाँ छ। हकप्रद शेयर निष्काशन पश्चात यो पूँजी बढेर ३ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ।
हकप्रद शेयर निष्काशन र विक्री वितरणको व्यवस्थापनका लागि बलेफीले एनआईएमबि एस क्यापिटललाई विक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।



