काठमाडौँ : कामना सेवा विकास बैंक द्वारा नगद लाभांश वितरण सुरु गरेको छ। बैंकले आफ्नो १८औं वार्षिक साधारण सभामा पारित गरेको यस प्रस्ताव अनुसार कात्तिक १ गतेदेखि लाभांश वितरण प्रक्रिया सुरु भएको हो। यो नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा आवद्ध बैंक खातामा जम्मा हुनेछ।
कम्पनीले गत वर्षको मुनाफाबाट यस वर्षको चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको आधारमा ७% बोनस शेयर र ५% नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो। बोनस शेयरहरू भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको खातामा जम्मा गरिनेछ।
लाभांश वितरणका लागि कम्पनीले असोज १५ गते बुक क्लोज गरेको थियो। त्यसैले असोज १४ गतेसम्म कायम भएका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।
साथै, धितोबन्धक राखेर कर्जा लिएका शेयरधनीहरूले सम्बन्धित वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त गरेपछि मात्र नगद लाभांश पाउनेछन्।कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।



