काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ४ सय ३९.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको सेयर भाउ १ हजार ३ सय ९ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।



