२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हिमालयन डिष्टिलरीको पहिलो त्रैमासिकमा उच्च नाफा: प्रति सेयर आम्दानीमा उछाल

images

  • २०८१ कात्तिक ७, बुधबार
  • 1.8K
    SHARES
  • हिमालयन डिष्टिलरीको पहिलो त्रैमासिकमा उच्च नाफा: प्रति सेयर आम्दानीमा उछाल

    काठमाडौँ : हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ। कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा ८९.०४ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यसले १० करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।

    कम्पनीको सञ्चालन आम्दानी ५२.९७ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष उक्त आम्दानी ९७ करोड १८ लाख रुपैयाँ थियो। अन्य सञ्चालन आम्दानी पनि ५० प्रतिशतले बढेको छ, जसले नाफामा सुधार ल्याएको छ ।

    हिमालयन डिष्टिलरीको चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ८८ करोड ९६ लाख रुपैयाँ जम्मा भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २ पैसाले बढेर २९ रुपैयाँ ७७ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ३९ पैसा रहेको छ।

    download.png

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ