२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तरलता व्यवस्थापन जारी, आज थप ४० अर्ब तरलता तान्दै राष्ट्र बैङ्क

images

  • २०८१ कात्तिक ७, बुधबार
  • 1.5K
    SHARES
  • तरलता व्यवस्थापन जारी, आज थप ४० अर्ब तरलता तान्दै राष्ट्र बैङ्क

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ। यस संकलन बैंकको तरलता व्यवस्थापन रणनीतिअन्तर्गत गरिएको हो।

    वित्तीय प्रणालीमा अधिक तरलता (liquidity) नघट्नको लागि राष्ट्र बैंकले यस्तो कदम चालेको हो। बैंकले ७ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्ने छ। यसका लागि आज ३ बजे बोलकबोल गरिनेछ, जसमा 'क', 'ख', 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

    राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल ब्याजदर हुँदा निक्षेप संकलन उपकरण प्रयोग गरेर तरलता घटाउने गर्छ। निक्षेप संकलनको ब्याजदर बोलकबोलको आधारमा निर्धारण गरिनेछ।

    यस प्रक्रिया देशको वित्तीय स्थायित्वलाई सन्तुलनमा राख्नका लागि आवश्यक तरलता नियन्त्रण गर्न महत्त्वपूर्ण छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ