२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कुमारी बैंकको तिहार र छठ पर्वमा विशेष क्यासब्याक अफर

images

  • २०८१ कात्तिक ७, बुधबार
  • 1.3K
    SHARES
  • कुमारी बैंकको तिहार र छठ पर्वमा विशेष क्यासब्याक अफर

    काठमाडौं : कुमारी बैंकले यस वर्षको तिहार, किजा पूजा तथा छठ पर्वका अवसरमा आफ्ना सेवाग्राहीहरुलाई विशेष शुभकामना स्वरुप 'तिहार तथा छठ क्यासब्याक अफर' सञ्चालनमा ल्याएको छ। यो अफर कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्वको अवधिसम्म लागू हुनेछ।

    यो अफर अन्तर्गत भाई टिका तथा किजा पूजाको दिन (कार्तिक १४) मा कुमारी बैंकको मोबाइल बैंकिङ्ग सेवामार्फत रकम ट्रान्सफर गर्ने पहिलो १ हजार  सेवाग्राहीहरुले २५ प्रतिशत वा अधिकतम रु. ५० क्यासब्याक पाउनेछन्। त्यस्तै बाँकी ८ दिनमा कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता र ५० मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रु. ५ सय १ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

    यस अफरलाई थप आकर्षक बनाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरी क्यासब्याक प्रदान गरिनेछ। बैंकको विश्वास छ कि यसप्रकारको प्रोत्साहनले चाडपर्वको समयमा वित्तीय कारोबारलाई डिजिटल माध्यमबाट गर्न प्रेरित गरी डिजिटल अर्थव्यवस्था विकासमा सहयोग पुर्‍याउनेछ।

    विगत २३ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आफ्नो ३ सय २ शाखा, ३ सय १९ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखा रहित बैंकिङ्ग इकाईमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ। बैंकले आगामी दिनमा पनि सरल, सुलभ तथा उत्कृष्ट सेवाहरुका लागि नयाँ सहकार्यहरुको प्रतिबद्धता व्यक्त गरेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ