२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पुष्प व्यवसायमा आत्मनिर्भरता: तिहारमा ४५ लाख गोटा माला खपत

images

  • २०८१ कात्तिक ७, बुधबार
  • 1.1K
    SHARES
  • पुष्प व्यवसायमा आत्मनिर्भरता: तिहारमा ४५ लाख गोटा माला खपत

    काठमाडौँ : तिहारको समयमा उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने गर्दछ। आन्तरिक उत्पादनले तिहारको समयमा ६० प्रतिशतसम्मको माग धान्न सक्छ। ४० प्रतिशत माला आयात गर्नुपर्ने हुन्छ। प्रत्येक वर्ष मालाको माग १० प्रतिशतको दरमा वृद्धि भइरहेको देखिएको छ।

    नेपालले पुष्प व्यवसायमा ९० प्रतिशत आत्मनिर्भरता हासिल गरिसकेको भए पनि, तिहारको बेला बजारमा बढी माला खपत हुँदा आयात गर्नुपर्छ। व्यवसायीका अनुसार तिहारमा प्रतिगोटा सयपत्री माला ८० देखि १०० रुपियाँसम्म बिक्री हुने गर्दछ। तिहारको अवसरमा नेपालबाट विदेशी मुलुकमा दुई लाखभन्दा बढी सयपत्री माला निर्यात हुने गरेको छ।

    तिहारमा लक्ष्मीपूजा, घर सजावट र भाइटीका जस्ता अवसरहरूमा मालाको अत्यधिक प्रयोग हुन्छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार देशभर ५२ जिल्लामा २ सय ६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय सञ्चालन भइरहेको छ। एक हजार १ हजार ७४ वटा नर्सरी सञ्चालनमा छन्। यस उद्योगमा ८ अर्ब ८३ करोडको लगानी भएको छ। ५१ हजार व्यक्तिले रोजगार पाएका छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ