२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नियम उल्लंघन गर्दै निर्देशन नमान्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारवाही

images

  • २०८१ कात्तिक ७, बुधबार
  • 1.5K
    SHARES
  • नियम उल्लंघन गर्दै निर्देशन नमान्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारवाही

    काठमाडौं : नियामकीय व्यवस्थापनका मापदण्डहरू पालना नगरेको आरोपमा दुई वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई यस कारवाहीमा समेटिएको छ।  यस दुवै बैंकलाई ‘अन्य कारबाही’ शीर्षकमा सचेत गराइएको छ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारबाही गरिएकाले बैंक खाता खोल्ने तथा संचालन गर्ने क्रममा पर्याप्त सावधानी अपनाइएको थिएन। यसैले यस बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको छ।

    यस्तै, प्रभु बैंकलाई गत आर्थिक वर्षको चौथो त्रैमासमा कारबाही गरिएको हो। बैंकले लकर रोक्का राख्नका लागि नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशनलाई पालना नगरेकोले यस बैंकलाई पनि समान कानूनी दायित्व अनुसार सचेत गराइएको छ।

    राष्ट्र बैंकको यस कारवाहीले वित्तीय संस्थाहरूलाई नियामकीय मापदण्डहरूको महत्त्व र पालनाको आवश्यकता पुनः सम्झाइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ