काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ लाख ६२ हजार ९५० कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयर कम्पनीको संस्थापक समूहले लिलामी प्रक्रियामार्फत आजदेखि बिक्रीमा राखेका हुन्।
यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय ८० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढीको बोलकबोल गरेर खरिद आवेदन दिन सक्नेछन्। आवेदन दिँदा लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयरको संख्या खुलाउनुपर्नेछ।
इच्छुक लगानीकर्ताले काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक ९ गतेसम्म तोकिएको छ।



