काठमाडौं: आज कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य क्षेत्रहरूमा आंशिक बदलीसँगै मौसम मुख्यतः सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
आज राति पनि कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीसँगै मौसम प्रायः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना कायम छ।



