२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शाइन रेसुंगा बैंकको नाफामा ऐतिहासिक वृद्धि: कति पुग्यो इपीएस ?

images

  • २०८१ कात्तिक ८, बिहीबार
  • 1.3K
    SHARES
  • शाइन रेसुंगा बैंकको नाफामा ऐतिहासिक वृद्धि: कति पुग्यो इपीएस ?

    काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यही अवधिमा भन्दा २४.८९% ले बढेको हो। गत वर्ष यस अवधिमा बैंकले १९ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको नाफामा सुधारको मुख्य कारण खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको वृद्धि रहेको छ। असोज महिनासम्म सांग्रिलाको खुद ब्याज आम्दानी २८.८४% र सञ्चालन नाफा २०.०४% ले वृद्धि भएको छ।

    तर बैंकको इम्पेयरमेन्ट चार्ज भने ४ करोड ३९ लाख रुपैयाँबाट बढेर १२ करोड रुपैयाँ पुगेको छ। यसका साथै बैंकको खराब कर्जाको दर पनि ३.५०% मा पुगेको छ, जुन गत वर्ष २.५९% थियो।

    बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३३ पैसाले वृद्धि भई २० रुपैयाँ २३ पैसा (वार्षिक) कायम भएको छ। शाइन रेसुंगाको प्रतिसेयर नेटवर्थ भने १ सय ५१.०३ रुपैयाँ रहेको छ।

    download.png

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ