२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालमा लगानीमैत्री वातावरण: अध्यक्ष ढकालले विश्वभरका लगानीकर्तालाई निम्तो

images

  • २०८१ कात्तिक ८, बिहीबार
  • 1.6K
    SHARES
  • नेपालमा लगानीमैत्री वातावरण: अध्यक्ष ढकालले विश्वभरका लगानीकर्तालाई निम्तो

    काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिका भ्रमणको क्रममा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिँदै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) को लागि विश्व समुदायलाई विशेष आग्रह गरेका छन्। उनले नेपालमा लगानीमैत्री वातावरण रहेको र वैदेशिक लगानीका लागि कानुनी सुधारहरू भइसकेको जानकारी दिँदै अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न निमन्त्रणा गरेका छन्।

    अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) का दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँगको भेटमा नेपालका निजी क्षेत्रलाई सबल बनाउन IFC सँग सहकार्यका सम्भावनाहरूमा छलफल भएको बताए। यस भेटघाटमा कोरोना महामारी र रुस-युक्रेन युद्धले विश्व अर्थतन्त्रमा पारेको प्रभाव र नेपालको आर्थिक अवस्थाका विषयमा पनि गहन छलफल भयो।

    ढकालले नेपालका जलविद्युत्, पर्यटन पूर्वाधार, सूचना प्रविधि र ‘हस्पिटालिटी’ जस्ता क्षेत्रमा वैदेशिक लगानीका ठूला सम्भावनाहरू रहेको उल्लेख गर्दै, इन्टरनेशनल फाइनान्स कर्पोरेसन (IFC) र ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट (BII) का उच्च अधिकारीहरूसँग सहकार्यका नयाँ अवसरहरूबारे विस्तृत छलफल गरे।

    नेपालको पर्यटन, जलविद्युत्, सूचना प्रविधि र पूर्वाधार निर्माणमा लगानी अभिवृद्धि गर्नका लागि उनले दुई देशीय संस्थाहरूसँग सहकार्यलाई प्रोत्साहित गर्न जोड दिए। ढकालले लगानीमैत्री कानुन र नीतिहरू कार्यान्वयनमा आइसकेको र हालै सम्पन्न नेपाल लगानी सम्मेलनपछि नयाँ क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको पनि जानकारी दिए।

    अध्यक्ष ढकालको विश्व समुदायलाई गरेको आग्रहले नेपालमा वैदेशिक लगानीको वातावरण थप बलियो हुने विश्वास गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ