२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो: फूलको उत्सवमा ३५ हजार दर्शकको अपेक्षा

images

  • २०८१ कात्तिक ९, शुक्रबार
  • 1.6K
    SHARES
  • भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो: फूलको उत्सवमा ३५ हजार दर्शकको अपेक्षा

    काठमाडौं : 'तिहारको महोत्सव, फूलको उत्सव' नारासहित पाँच दिने तिहार फ्लोरा एक्स्पो २०८१ भृकुटीमण्डपमा सुरु भएको छ। नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सम्पन्न भएको यस मेलामा ६५ वटा व्यावसायिक कक्षहरू राखिएका छन्। करिब ३५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको यो मेलामा ७० लाख रूपैयाँको फूल र नर्सरी सामग्रीहरूको बिक्री वितरण हुने अपेक्षा गरिएको छ।

    मेलाको उद्घाटन वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले गर्दै सामुदायिक वनका बाँझो जमिनलाई नर्सरीका लागि प्रयोगमा ल्याउन आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाए। पुष्प व्यवसायको प्रवर्द्धनका लागि बजेटको व्यवस्था गरिने उनको वाचा थियो।

    सिलवालले रैथाने जातका लालीगुराँस र सुनगाभालाई विश्व बजारमा लैजाने लक्ष्यसहित उत्पादन र निर्यातमा जोड दिने आवश्यकता रहेको बताउँदै, यसले युवाहरूलाई स्वदेशमै रोजगारी दिन सकिने उल्लेख गरे। साथै, असोज दोस्रो साताको अविरल वर्षाले नर्सरी व्यवसायलाई पारेको क्षतिको विवरण पेश गर्न आग्रह गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे।

    वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले प्लास्टिकजन्य फूलको आयातले स्वदेशी पुष्प व्यवसायमा असर परेको उल्लेख गर्दै, सयपत्री, मखमली र गोदावरीजस्ता स्वदेशी फूलहरूलाई प्रवर्द्धन गर्नुपर्ने धारणा राखे। उनले गत वर्षको अनुसन्धानमा सयपत्री फूलबाट फुड सप्लिमेन्ट र सौन्दर्य सामग्री उत्पादन गरी तीन नयाँ उद्योग दर्ता भएको जानकारी दिए।

    नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले ८० प्रतिशतभन्दा धेरै लघु तथा घरेलु उद्योगहरू रहेका भए पनि सरकारको यथेष्ट प्रवर्द्धन नभएको गुनासो गरे। नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं निर्यात प्रवर्द्धन समितिका संयोजक नरेशलाल श्रेष्ठले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा सहुलियत कर्जाको व्यवस्थाले स्वदेशमै रोजगार सिर्जना गर्न सकिने बताए।

    मेला संयोजक एवं आयोजक समितिका अध्यक्ष राजीप्रसाद तिमल्सिनासहित, उपाध्यक्ष लक्ष्मी महर्जन र निर्णायक समितिका सदस्य रवीन्द्र थापालगायतले सयपत्री फूलको प्रवर्द्धनका लागि सरकारी नीति, कार्यक्रम र बजेटको व्यवस्थामा सरोकार भएका सरकारी तथा गैरसरकारी निकायबीच समन्वयको आवश्यकता रहेकोमा जोड दिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ