काठमाडौं: आज शनिबार कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ, जबकि बाँकी भूभागमा आंशिक बदलीसँगै मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
शनिबार राति पनि कोशी प्रदेश र देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ, भने बाँकी भूभागमा आंशिक बदलीसँगै मौसम मुख्यतया सफा रहनेछ।



