२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ड्रोन टेक्नोलोजीको प्रयोग: मोहरेडाँडामा सामान ढुवानीको सफल परीक्षण

images

  • २०८१ कात्तिक १०, शनिबार
  • 1.2K
    SHARES
  • ड्रोन टेक्नोलोजीको प्रयोग: मोहरेडाँडामा सामान ढुवानीको सफल परीक्षण

    काठमाडौँ : अन्नपूर्ण गाउँपालिका-८, नागीस्थित पर्यटकीयस्थल मोहरेडाँडामा पाँच किलोभन्दा कम तौलका हलुका दैनिक उपभोग्य सामान ढुवानी गर्न ड्रोन प्रयोगको सुरुआत भएको छ। 

    अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार, राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोनद्वारा परीक्षणात्मक रूपमा नागीबाट मोहरेडाँडासम्म सामान पुर्‍याइएको छ।

    शुक्रबार र शनिबार केन्द्रका प्राविधिक टोलीले ड्रोनमार्फत विभिन्न सामान झुण्ड्याएर सफलतापूर्वक परीक्षण गरेका थिए। यसले पहाडी र दुर्गम क्षेत्रका विपद् प्रभावित क्षेत्रमा औषधि तथा अन्य अत्यावश्यक सामग्री ढुवानीमा ड्रोनको उपयोगिता देखाएको पुनले बताए।

     मोहरेडाँडालगायतका अन्य पर्यटकीय क्षेत्रहरूमा समेत सामान ढुवानीलाई सहज बनाउन ड्रोन सेवालाई निरन्तरता दिने योजना रहेको र यसका लागि आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँग समन्वय भइरहेको उनले जानकारी गराए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ