२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विश्वकप लिग टू: अमेरिकामा नेपालले खेल्ने टोली घोषणा

images

  • २०८१ कात्तिक १०, शनिबार
  • 1.5K
    SHARES
  • विश्वकप लिग टू: अमेरिकामा नेपालले खेल्ने टोली घोषणा

    काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिकामा हुने आईसीसी विश्वकप लिग टू सिरिजका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। शनिबार कप्तान रोहित पौडेलको नेतृत्वमा यस टोलीलाई छनोट गरिएको हो। लिग टू सिरिज अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीच २-२ खेल हुनेछ।

    यस सिरिजमा सन्दीप लामिछाने टोलीमा फर्किएका छन्। यसअघि उनले अमेरिका विरुद्धको टी-२० सिरिज खेलेका थिएनन्। साथै, सागर ढकाल र देव खनाललाई रिजर्भ खेलाडीमा राखिएको छ। नेपालले आफ्नो पहिलो खेल आइतबार घरेलु टोली अमेरिकाविरुद्ध खेल्नेछ।

    नेपाली टिम सदस्यहरू: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी।

    news_xsjzovmeift.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ