२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनरलाई बैंकिङ्ग डिस्कोर्सको प्रतिवेदन हस्तान्तरण

images

  • २०८१ कात्तिक ११, आइतबार
  • 1.0K
    SHARES
  • नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनरलाई बैंकिङ्ग डिस्कोर्सको प्रतिवेदन हस्तान्तरण

    काठमाडौं : नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनर निलम ढुंगानाले हालै सम्पन्न दोस्रो बैंकिङ्ग डिस्कोर्स २०२४ को प्रतिवेदन औपचारिक रूपमा ग्रहण गरेकी छिन्। बैंकिङ्ग डिस्कोर्स २०२४ की प्रमुख अतिथि समेत रहेकी ढुंगानालाई यो प्रतिवेदन बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले हस्तान्तरण गरेका हुन्।

    बैंकिङ्ग समाचारद्वारा आयोजित यस डिस्कोर्सको उद्देश्य नेपालको बैंकिङ्ग क्षेत्रको वर्तमान अवस्था, भविश्यका कार्यदिशा र नीति निर्माणमा सहजीकरण गर्नु रहेको थियो। कार्यक्रममा बैंकिङ्ग क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको व्यापक सहभागिता रहेको थियो। पाँच सेसनमा विभाजित यस छलफलमा समसामयिक बैंकिङ्ग चुनौती र सम्भावनाहरुबारे गहन छलफल गरिएको थियो।

    प्रतिवेदन बुझ्दै ढुंगेलले दिगो र सुदृढ बैंकिङ्ग क्षेत्रको परिकल्पनासहित कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे। प्रतिवेदन ग्रहणपछि डेपुटी गर्भनर ढुंगानाले बैंकिङ्ग क्षेत्रको विकास, स्थायित्व र सुशासनमा बैंकिङ्ग समाचारले देखाएको चासो सकारात्मक रहेको बताइन्।

    उनले यस्ता छलफलले बैंकिङ्ग क्षेत्रलाई भावि दिशामा अग्रसर गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिन्। साथै, उनले अवैध क्रिप्टोकरेन्सी, वित्तीय अपराध र सम्पत्ति सुद्धिकरणका सम्बन्धमा सचेतना फैलाउने जस्ता विषयमा समेत बैंकिङ्ग समाचारले सकारात्मक पहल लिनेमा आफ्नो भरोसा व्यक्त गरिन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ