काठमाडौं : नेपाली सेनाका एक जवानलाई अवैध पेस्तोलसहित पक्राउ गरिएको छ। शनिबार काठमाडौंको नागार्जुन नगरपालिका–१०, रानीवनबाट प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ निवासी २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको हो।
प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको छ। अनुसन्धानको क्रममा खड्का रामेछापस्थित खड्गदल गणमा कार्यरत नेपाली सेना भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार खड्कामाथि थप अनुसन्धान भइरहेको छ।



