२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भोलिदेखि समता लघुवित्तको एफपीओमा लगानीको अवसर, नछुटाउनुहोस्

images

  • २०८१ कात्तिक ११, आइतबार
  • 1.4K
    SHARES
  • भोलिदेखि समता लघुवित्तको एफपीओमा लगानीको अवसर, नछुटाउनुहोस्

    काठमाडौं :  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। यसअघि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि कम्पनीले शेयर पूँजी संरचना अनुकूल बनाउन सर्वसाधारणका लागि एफपीओ जारी गर्न लागेको हो। नयाँ संरचनामा संस्थापक शेयरधनीको हिस्सा ६९.४८ प्रतिशत र सर्वसाधारणको हिस्सा ३०.५२ प्रतिशत कायम गरिनेछ।

    लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९ सय ४।२५ कित्ता शेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ रहेको छ। इच्छुक लगानीकर्ताले यो एफपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन पर्याप्त नभएमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ।

    लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यस निष्कासनका लागि धितोपत्र बिक्री प्रबन्धकको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्न मध्यम जोखिम रहेको देखाउँछ।

    लगानीकर्ताले आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गर्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ