२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कर्जा सुरक्षण कोष र कर्जा सूचना केन्द्र राष्ट्र बैंकको नियन्त्रणमा

images

  • २०८१ कात्तिक ११, आइतबार
  • 1.8K
    SHARES
  • कर्जा सुरक्षण कोष र कर्जा सूचना केन्द्र राष्ट्र बैंकको नियन्त्रणमा

    काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कर्जा सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण कोषलाई राष्ट्र बैंकको मातहतमा ल्याइने जानकारी दिएका छन्।

    राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी नीति संवाद कार्यक्रममा मन्त्री अधिकारीले कर्जा सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण कोषका लागि राष्ट्र बैंकलाई आवश्यक निर्देशन दिइसकेको बताए।

    उनले सहकारी स्थिरीकरण कोषको व्यवस्थापन पनि अन्तिम चरणमा रहेको उल्लेख गर्दै, ५ करोड रुपैयाँको फण्ड यसमा जम्मा भइसकेको जानकारी दिए।

    मन्त्री अधिकारीले सामाजिक सञ्जालमा आएका सबै जानकारीलाई सत्य मान्न नहुने र यथार्थ जानकारीको आधारमा अघि बढ्नुपर्ने सुझाव दिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ