२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौँमा पुन 'नो हर्न' अभियान: शान्त वातावरणको लागि ट्राफिकको कडा कदम!

images

  • २०८१ कात्तिक ११, आइतबार
  • 1.1K
    SHARES
  • काठमाडौँमा पुन 'नो हर्न' अभियान: शान्त वातावरणको लागि ट्राफिकको कडा कदम!

    काठमाडौँ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले पुनः ‘नो हर्न’ अभियानलाई कडाईका साथ लागू गरेको छ। पछिल्ला केही दिनदेखि उपत्यकाका विभिन्न चोकहरूमा ‘नो हर्न’ लेखिएका प्ले कार्डसहित ट्राफिक प्रहरीहरू सवारी चालकहरूलाई अनावश्यक हर्नको प्रयोग नगर्न आग्रह गरिरहेका छन्।

    ट्राफिक प्रहरी कार्यालयले जनस्वास्थ्यमा ध्वनी प्रदूषणको असर कम गर्न थप सक्रिएर सवारी साधनहरूबाट हुने ध्वनी प्रदूषण घटाउन सचेतनामूलक र कारबाहीका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

    काठमाडौँ उपत्यकालाई २०७४ साल वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिएको थियो। यसलाई अभियानकै रूपमा सञ्चालन गर्दै, जनचेतनामूलक गोष्ठी, सचेतनामूलक पर्चा वितरण, ‘नो हर्न’ स्टिकर टाँस्ने लगायतका व्यापक प्रचार-प्रसार गरिएको थियो। सुरुआती समयमा प्रभावकारी भए पनि पछिल्लो समयमा हर्नको प्रयोगमा वृद्धि भएपछि पुनः कडाई गरिँदैछ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार निषेध गरिएको स्थानमा ध्वनी संकेत दिनु कानूनी उल्लंघन मानिन्छ। तर चेतनाको कमी र लापरवाहीका कारण धेरै सवारी चालकले अझै पनि अनावश्यक हर्न प्रयोग गरिरहेका छन्, जसले गर्दा सर्वसाधारणलाई वर्षौँदेखि कर्कश ध्वनी प्रदूषण सहनुपरेको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराका अनुसार, उपत्यकामा गुड्ने झन्डै १५ लाख सवारी साधनबाट निस्कने ध्वनी प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ।

    विगत आ.व. ०८०/०८१ मा अनावश्यक हर्न प्रयोग गर्ने १० हजार १ सय २३ सवारी साधनलाई कारबाही गरिएकोमा यस वर्ष १३ हजार ३ सवारी साधनलाई कारबाही गरिसकिएको छ। यसैगरी, कार्तिक १ गतेदेखि चोक-चोकमा ‘नो हर्न’ प्ले कार्ड सहित सचेतना अभिवृद्धि गरिरहेको ट्राफिक प्रहरीले हालसम्म ९ सय ६६ जना सवारी चालकलाई अनावश्यक हर्नको प्रयोगको कसुरमा कारबाही गरिसकेको छ।

    यो अभियानले ध्वनी प्रदूषण कम गर्न र काठमाडौँ उपत्यकाका जनतालाई शान्त वातावरण प्रदान गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ