२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एलजीको नयाँ योजना: ४०% क्यासब्याक, पक्का उपहार र इन्स्टलेशनमा छुट!

images

  • २०८१ कात्तिक १२, सोमबार
  • 826
    SHARES
  • एलजीको नयाँ योजना: ४०% क्यासब्याक, पक्का उपहार र इन्स्टलेशनमा छुट!

    काठमाडौं: नेपालमा सबैभन्दा लोकप्रिय अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले दशै-तिहार पर्वलाई लक्षित गर्दै "एलजीसँग खुशीको पल" योजना ल्याएको छ। यस योजना अन्तर्गत, ग्राहकले एलजीका विभिन्न घरेलु उत्पादनहरू खरिद गर्दा नगद छुटका साथै पक्का उपहार प्राप्त गर्न सक्नेछन्।

    यस अफर अन्तर्गत, एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनर खरिद गर्दा ग्राहकहरूले ४०% सम्मको नगद क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

    विशेष उत्पादनहरूमा थप आकर्षक उपहारसमेत उपलब्ध छन्। एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटर खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२ सय ८५ लिटरभन्दा माथि) खरिदमा मिक्सर वा फ्यान हिटर, २ सय ८५ लिटरसम्मका डबल डोर रेफ्रिजेरेटर खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क तथा टप लोड र ट्विन टब वाशिङ मेसिन खरिदमा ४ केजी डिटरजेन्ट पाउडरको व्यवस्था गरिएको छ।

    त्यस्तै, एयर सलुसन अन्तर्गत एलजी रुम एयर कन्डिसनर, फ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिदमा ग्राहकहरूले निःशुल्क इन्स्टलेशन सेवासमेत प्राप्त गर्न सक्नेछन्।

    "नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय अनुभव प्रदान गर्न सधैं प्रतिबद्ध छौं।" सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड पुरुशोत्तम भण्डारीले भने, "यो पर्वमा एलजीसँग खुशीको पल अभियान मार्फत नेपाली परिवारहरूको खुसीयालीमा उत्साह थप्न चाहन्छौं।"

    यसका साथै ग्राहकहरूलाई शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा, पुराना सामानसँग एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेशन र निःशुल्क डेलिभरीको सुविधासमेत उपलब्ध गराइएको छ। योजना भदौ २३ देखि नेपालभर सिमित अवधिको लागि लागू गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ