२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चितवनमा तिहारका लागि फूलको तयारी: सयपत्री र मखमली मालाको मूल्य १०० रुपैयाँमै निर्धारण

images

  • २०८१ कात्तिक १२, सोमबार
  • 1.6K
    SHARES
  • चितवनमा तिहारका लागि फूलको तयारी: सयपत्री र मखमली मालाको मूल्य १०० रुपैयाँमै निर्धारण

    काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिक आइपुगेको छ । तिहारका लागि आवश्यक पर्ने सयपत्री तथा मखमली फूलको उत्पादन यस वर्ष भरतपुरमा पर्याप्त मात्रामा भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जानकारी दिएको छ । चितवनमा यसपालि ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला उत्पादन भएको एशोसिएसनको तथ्याङ्कले देखाएको छ ।

    फ्लोरिकल्चर एशोसिएसनका सचिव श्रेष्ठका अनुसार यस पटकको उत्पादनले विदेशबाट फूल आयात गर्नुपर्ने अवस्था छैन। विगतमा मालाको मूल्यमा विविधता देखिएको हुँदा यस वर्ष एउटा मालाको मूल्य रु १०० निर्धारण गरिएको छ।

    एशोसिएसनले निर्धारण गरेको मूल्यभन्दा बढीमा माला नबेच्न फूल खेती गर्ने कृषक तथा विक्रेताहरूलाई आग्रह गरेको छ। यसका साथै, सयपत्री फूल प्रतिकिलो रु ४०० देखि रु ४५० कायम गरिएको छ, जसको मूल्य सिजनबाहेक अन्य समयमा घट्ने गर्दछ।

    भरतपुर महानगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्न भरतपुरवासीलाई आग्रह गरेको छ, जसले गर्दा आत्मनिर्भरता कायम गर्दै जिल्लाका कृषकहरूलाई प्रोत्साहन मिल्नेछ। चितवनमा १० देखि १५ जना ठूला पुष्प व्यवसायीहरू सक्रिय छन्, जसले एक विघाभन्दा बढी क्षेत्रफलमा फूल खेती गर्दै आएका छन्।

    फ्लोरिकल्चर एशोसिएसन चितवनले विदेशी फूललाई बजारमा भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय र ७ वटा पालिकामा पत्राचार गरिसकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ