२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालका गभर्नर महाप्रसाद अधिकारीलाई ‘सी प्लस’ ग्रेड, रिपोर्ट कार्ड सार्वजनिक

images

  • २०८१ कात्तिक १२, सोमबार
  • 1.9K
    SHARES
  • नेपालका गभर्नर महाप्रसाद अधिकारीलाई ‘सी प्लस’ ग्रेड, रिपोर्ट कार्ड सार्वजनिक

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस वर्ष 'सी प्लस' ग्रेड पाएका छन्। ग्लोबल फाइनान्स म्यागेजिनको वार्षिक मूल्याङ्कन अनुसार अधिकारीले सन् २०२४ मा यो ग्रेड प्राप्त गरेका हुन्।

    हरेक वर्ष म्यागेजिनले विभिन्न देशका केन्द्रीय बैंक गभर्नरहरूको कार्यक्षमता र नीतिगत कार्यहरूको समीक्षा गर्दै ग्रेडिङ सार्वजनिक गर्छ। जसमा यसपालि १ सय १ देशका गभर्नरहरूको मूल्याङ्कन गरिएको थियो।

    यस वर्ष डेनमार्क, भारत र स्वीजरल्याण्डका गभर्नरहरूले 'ए प्लस' ग्रेडिङ प्राप्त गरे। विशेषगरी भारतीय रिजर्व बैंकका गभर्नर शशिकान्त दासलाई पनि ‘ए प्लस’ ग्रेडिङ दिइएको छ।

    के हो ‘सी प्लस’ ग्रेड?

    ग्लोबल फाइनान्स म्यागेजिनले केन्द्रीय बैंक गभर्नरहरूको मूल्याङ्कनका लागि कार्यक्षमता, कार्यशैली, नीतिगत व्यवस्था, निर्णय क्षमता र सम्बन्धित देशको आर्थिक वृद्धिका सूचकलाई आधार बनाउँछ। उत्कृष्ट प्रदर्शन गर्ने गभर्नरलाई 'ए प्लस' देखि सुरु गर्दै, क्रमशः 'ए', 'बी प्लस', 'बी' र 'सी प्लस' सम्मका रेटिङहरू दिइन्छ। यस आधारमा, गभर्नर अधिकारीको 'सी प्लस' ग्रेड औसत प्रदर्शनको सूचक मानिन्छ।

    गभर्नर अधिकारीलाई किन ‘सी प्लस’ ग्रेड?

    ग्लोबल फाइनान्स म्यागेजिनका अनुसार गभर्नर अधिकारीको कार्यकालमा नेपालले औसत आर्थिक प्रगति हासिल गरेको छ। नेपालमा ५ सय प्रतिशतसम्म पुगेको ऋण लगानी खुम्चिएको छ भने निजी क्षेत्रको कर्जा प्रवाहको वृद्धि १३ प्रतिशतबाट ४.६ प्रतिशतमा झरेको उल्लेख छ। यी नतिजाहरू गभर्नर अधिकारीको नीतिगत व्यवस्थाको कारणले सम्भव भएको बताइएको छ।

    म्यागेजिनले ए प्लसदेखि एफसम्मको ग्रेडिङ दिँदै आएको छ, जसमा सबैभन्दा कमजोर प्रदर्शन गर्ने गभर्नरहरू, जस्तै म्यानमार र भेनेजुयलाका गभर्नरहरूले ‘एफ’ ग्रेड पाएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ