२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनआईसी एशिया क्यापिटलले ल्यायो ओएफएस प्लेटफर्म, संस्थापक शेयर खरिदबिक्री अब अनलाइनमै

images

  • २०८१ कात्तिक १२, सोमबार
  • 1.6K
    SHARES
  • एनआईसी एशिया क्यापिटलले ल्यायो ओएफएस प्लेटफर्म, संस्थापक शेयर खरिदबिक्री अब अनलाइनमै

    काठमाडौं : एनआईसी एशिया क्यापिटलले आफ्नो मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत संस्थापक शेयरको खरिदबिक्री प्रक्रियालाई थप सुविधाजनक बनाउने उद्देश्यले अफर फर सेल (ओएफएस) प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

    यस नयाँ प्रणालीमार्फत सूचीकृत र गैर-सूचीकृत कम्पनीहरूको संस्थापक शेयरलाई विद्यमान कानुनी नियमअनुसार खरिदबिक्री गर्न सजिलो बनाइएको छ।

    ओएफएस प्लेटफर्ममार्फत कम्पनीको संस्थापक शेयर खरिदबिक्रीको झन्झटिलो प्रक्रियालाई सरल बनाउन तथा लगानीकर्ताले चाहेको समयमा खरिदकर्ता वा बिक्रीकर्ता पाउन कठिनाइ भइरहेकाले एकीकृत समाधान प्रदान गर्ने उद्देश्यले यो सुविधा सञ्चालनमा आएको हो। यस प्लेटफर्ममा अनलाइनमार्फत आवेदन दिन सकिनेछ जसले प्रक्रिया थप सरल बनाउँछ।

    ओएफएस प्लेटफर्मका विशेषताहरू:

    1. सहज बिक्री प्रक्रिया: संस्थापक शेयर बिक्री गर्न चाहने शेयरधनीले क्यापिटलको वेबसाइटमा आवश्यक विवरण भरी आवेदन दिन सक्नेछन्। क्यापिटलले त्यसपछि खरिदकर्ता खोजी गरी प्रक्रिया अगाडि बढाउनेछ।
    2. सहज खरिद प्रक्रिया: संस्थापक शेयर खरिद गर्न चाहने लगानीकर्ताले अनलाइनमार्फत विवरण प्रस्तुत गरेपछि क्यापिटलले खरिद प्रक्रिया अगाडि बढाउनेछ।
    3. सुरक्षित गोपनीयता: खरिदकर्ता र बिक्रीकर्ताको विवरण सुरक्षित राखी गोपनीयता सुनिश्चित गरिनेछ।
    4. सर्वसुलभ अनलाइन सुविधा: यो प्लेटफर्म विदेश वा स्वदेशको जुनसुकै स्थानबाट पहुँच गर्न सकिनेछ, जसले समय र स्थानको बाधालाई हटाउँछ।
    5. मूल्य निर्धारण सुविधा: खरिदबिक्री मूल्य निर्धारणका लागि क्यापिटलले भ्यालुएसन रिपोर्ट उपलब्ध गराई उचित मूल्य निर्धारणमा सहयोग गर्नेछ।

    ओएफएस प्लेटफर्ममा आवेदन दिनका लागि क्यापिटलको वेबसाइट वा ओएफएस प्लेटफर्म मा गएर आवश्यक विवरण भर्न सकिन्छ। थप जानकारीका लागि क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग ९८५११८४९७९ मा सम्पर्क गर्न सकिनेछ वा ईमेल info@nicasiacapital.com मा सन्देश पठाउन सकिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ