२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एशियन लाइफको बिजनेस अचिभर्स अवार्ड: देशभरका उत्कृष्ट अभिकर्ताको सम्मान सम्पन्न

images

  • २०८१ कात्तिक १३, मंगलबार
  • 1.1K
    SHARES
  • एशियन लाइफको बिजनेस अचिभर्स अवार्ड: देशभरका उत्कृष्ट अभिकर्ताको सम्मान सम्पन्न

    काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सको "बिजनेस अचिभर्स अवार्ड २०२४" अभिकर्ता सम्मान समारोह पोखराको ग्राण्ड होटलमा सोमबार सम्पन्न भएको छ। तीन दिन चलेको यस समारोहमा देशभरका २ सय भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो।

    समारोहका अवसरमा व्यवसायिक अभिकर्ताको दक्षता अभिवृद्धिका लागि भारतीय प्रशिक्षक शैय्यद अहमद अफजलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। अफजलले जीवन बीमा योजनालाई कसरी पारिवारिक, सामाजिक आवश्यकता र जीवनचक्रसँग जोडेर बिक्री गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरे।

    कार्यक्रममा आर्थिक वर्ष २०८०-८१ का लागि क्लब मेम्बर र बिजनेस म्यानेजरमा योग्य ठहरिएका अभिकर्तालाई सम्मान गरिएको थियो। उनीहरूलाई प्रशंसा पत्रसहित सम्मान प्रदान गरिएको थियो। सम्मानित क्लब मेम्बरमा प्रथम खुदा प्रसाद दगाल (चाबहिल), द्वितीय जसी राम विक र तृतीय महेश कुमार श्रेष्ठ (हात्तीगौंडा) रहेका थिए भने बिजनेस म्यानेजरमा खेमराज गिरी (दाङ), प्रवेश मान मानन्धर (सुर्खेत) र देवका कुमारी बराल (वीरगंज) रहेका थिए। यसैगरी, सुपर बिएम केशव राज गिरी र गोविन्द पन्थलाई पनि कम्पनीले विशेष सम्मान प्रदान गरेको छ।

    एशियन लाइफ इन्स्योरेन्सका अनुसार, प्रत्यक्ष कमिशन आम्दानीका आधारमा व्यवसायिक लक्ष्य पूरा गर्ने अभिकर्तालाई क्लब मेम्बर र सञ्जालमार्फत लक्ष्य हासिल गर्ने अभिकर्तालाई बिजनेस म्यानेजर क्लबको सदस्यता प्रदान गरिन्छ।

    समारोहमा इन्स्योरेन्सका अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली र पेशागत अभिकर्ता संघ बीमक समितिका अध्यक्ष दामोदर लामिछानेले सहभागी अभिकर्ताहरूलाई प्रशंसा पत्रसहित सम्मान गरेका थिए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ