२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सीइडीबी हाइड्रोपावरको नाफामा उछाल, ईपीएस ३५ रुपैयाँ

images

  • २०८१ कात्तिक १३, मंगलबार
  • 1.3K
    SHARES
  • सीइडीबी हाइड्रोपावरको नाफामा उछाल, ईपीएस ३५ रुपैयाँ

    काठमाडौँ : सीईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार उल्लेखनीय वृद्धि हासिल गरेको छ। कम्पनीको पहिलो त्रैमासिक खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २०२.२८ प्रतिशतले बढेर ९ करोड ७ लाख ८३ हजार रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यो नाफा ३ करोड ३३ हजार रुपैयाँ मात्र थियो।

    कम्पनीको सेवा शुल्क, ब्याज, र अन्य आम्दानी पनि १४५.९२ प्रतिशतले बढेको छ, जसबाट चालु आवमा १० करोड ७ लाख ७९ हजार रुपैयाँ आम्दानी भएको छ, जबकि गत आवमा यो ४ करोड ९ लाख ८१ हजार रुपैयाँ मात्र थियो।

    पहिलो त्रैमासमा कम्पनीको चुक्ता पूँजी २३.२१ प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ पुगेको छ। तर, जगेडा कोष र संचित मुनाफा घटेर ४८ करोड ६० लाख रुपैयाँमा झरेको छ, जुन गत आवमा ५३ करोड ६३ लाख रुपैयाँ थियो।

    कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८ पैसाले बढेर ३५ रुपैयाँ ११ पैसा पुगेको छ, तर प्रतिशेयर नेटवर्थ १६ रुपैयाँ ९ पैसाले घटेर १४७ रुपैयाँ कायम भएको छ। कम्पनीको मूल्य-आम्दानी अनुपात हाल ५०.९८ गुणा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ