२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गरिमा क्यापिटलद्वारा नवलपरासीमा विश्व लगानीकर्ता सप्ताह अन्तर्गत एक दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

images

  • २०८१ कात्तिक १३, मंगलबार
  • 1.1K
    SHARES
  • गरिमा क्यापिटलद्वारा नवलपरासीमा विश्व लगानीकर्ता सप्ताह अन्तर्गत एक दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौँ : गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ (वोल्र्ड इन्भेस्टर विक) अभियानको अवसरमा एक दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको मुख्य उद्देश्य नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली नगरपालिका वडा नं. ५ र १५ का लगानीकर्ता र सर्वसाधारणलाई पूँजी बजारका बारेमा जानकारी गराउनु थियो।

    कार्यक्रम श्री सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा आयोजना गरिएको थियो, जसलाई सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव ठाकुर प्रसाद शर्माले सञ्चालन गरेका थिए। गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य र व्यापार प्रवद्र्घन विभाग प्रमुख दिपक न्यौपाने कार्यक्रमका प्रमुख वक्ता रहेका थिए। साथै देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदयका अध्यक्ष युवराज वाग्लेको पनि उपस्थिति रहेको थियो।

    विश्व लगानीकर्ता सप्ताह (२०२४) एक हप्ते लामो आईओएससीओद्वारा प्रवद्र्घन गरिएको अभियान हो, जसले लगानीकर्तालाई पूँजी बजारसम्बन्धी जानकारी र महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ