काठमाडौँ :आज देशभर पश्चिमी वायु र पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव कायम छ। हाल पहाडी भू-भागमा आंशिक बदली रहँदा अन्य क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ।
दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै अन्य स्थानहरूमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। विशेषगरी कोशी प्रदेश तथा देशका अन्य पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति: कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक वा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।



