२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बीमामा नयाँ कीर्तिमान: मोटर र सम्पत्ति बीमा शीर्ष स्थानमा, अन्य क्षेत्रमा कति ?

images

  • २०८१ कात्तिक १३, मंगलबार
  • 2.0K
    SHARES
  • बीमामा नयाँ कीर्तिमान: मोटर र सम्पत्ति बीमा शीर्ष स्थानमा, अन्य क्षेत्रमा कति ?

    काठमाडौं : चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन-असोज) सम्म निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यो तीन महिनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन लघु बीमा कम्पनीहरुबाट उक्त बीमाशुल्क संकलन गरिएको हो।

    उक्त अवधिमा मोटर बीमाले सबैभन्दा धेरै व्यापार गरेको देखिएको छ। तीन महिनामा मोटर बीमाबाट ३ अर्ब ५३ करोड ६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरिएको छ।

    त्यस्तै, दोस्रो सर्वाधिक व्यापार सम्पत्ति बीमामा देखिएको छ, जसबाट ३ अर्ब २४ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ। अन्य बीमा क्षेत्रतर्फ विविध बीमाले १ अर्ब ४३ करोड १३ लाख रुपैयाँ, इन्जिनियरिङ र ठेक्का बीमाले १ अर्ब ४१ करोड ३८ लाख रुपैयाँ, सामुद्रिक बीमाले ६२ करोड ९२ लाख रुपैयाँ, कृषि तथा बाली बीमाले ५८ करोड ३८ लाख रुपैयाँ, हवाई बीमाले ५४ करोड ७१ लाख रुपैयाँ र लघु बीमाले १९ करोड १२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

    निर्जीवन बीमा क्षेत्रमा मोटर र सम्पत्ति बीमाको अग्रता कायम रहेकाले यस क्षेत्रको विकासका लागि थप विविधिकरणको आवश्यकता देखिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ