२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौंका ४६ स्थानमा फूल बिक्री स्थल तोकियो

images

  • २०८१ कात्तिक १३, मंगलबार
  • 1.1K
    SHARES
  • काठमाडौंका ४६ स्थानमा फूल बिक्री स्थल तोकियो

    काठमाडौं : यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा काठमाडौं महानगरपालिकाले ४६ स्थानमा फूल बिक्रीका लागि प्रबन्ध मिलाएको छ। महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरले स्वदेशी फूलको व्यापारलाई व्यवस्थित गर्न उपयुक्त स्थानको व्यवस्था गरेको जानकारी दिएका हुन्।

    महानगरले प्लास्टिकजन्य फूल र सजावटका सामग्रीको बिक्रीमा रोक लगाउँदै स्वदेशी उत्पादनको फूल खरिद गर्न उपभोक्तालाई प्रोत्साहन गरेको छ।

    प्रमुख शाहले भने, "व्यापारीहरूलाई प्लास्टिकका फूल तथा अन्य सजावटका सामग्री बिक्री नगर्न अनुरोध गर्दछौँ। कसैले नियम उल्लङ्घन गरेको भेटिए कानुनबमोजिम कारबाही हुनेछ।"

    गत वर्षका तिहारमा फूल बिक्रीका लागि उपयुक्त स्थान नतोक्दा किसानहरूले बिक्री गर्न नपाएको गुनासो गरेका थिए। यस वर्ष भने महानगरले विभिन्न मल, मार्ट, पार्क, पार्टी प्यालेस र अन्य स्थानमा फूल बिक्री गर्न मिल्ने व्यवस्था मिलाएको छ।

    फूल बिक्रीका लागि तोकिएका स्थानहरू:

    १) आरती पार्टी प्यालेस, माछा पोखरी

    २) बुद्ध मल, माछा पोखरी

    ३) बालाजु भाटभटेनी, माछा पोखरी,

    ४) भ्याली कोल्ड स्टोर, बालाजु

    ५) सामुदायिक भवन, बालाजु

    ६) धर्म चक्र पार्क, स्वयम्भू

    ७) स्वयम्भू मार्ट

    ८) भाटभटेनी, कलंकी

    ९) कलंकी ट्र्रेड सेन्टर, कलंकी

    १०) एस. एन. एस., कलंकी

    ११) एन. बि. टि. सि., कलंकी

    १२) नेपा व्याङ्क्वेट, खुशिँवु

    १३) बिग मार्ट, कालधारा, पकनाजोल

    १४) साल्ट ट्र्रेडिङ   कर्पोरेसन, कालीमाटी

    १५) काठमाडौँ मल, सुन्धारा

    १६) सिभिल मल, सुन्धारा

    १७) सिटिसि मल, सुन्धारा

    १८) रञ्जना मल, नयाँ सडक

    १९) विग मार्ट कम्प्लेक्स, अनामनगर

    २०) एटि कम्प्लेक्स, न्यू प्लाजा

    २१) भाटभटेनी, अनामनगर

    २२) आइटी प्लाजा, कमलादी

    २३) संकटा चोक, टेवहाल

    २४) के. एल. टावर, चाबहिल

    २५) वि एन्ड एसएम, बौद्ध

    २६) भर्गो जापान, शंखमुल

    २७) आइप्लेक्स, बानेश्वर

    २८) एनबि सेन्टर, नयाँ बानेश्वर

    २९) फोनिक्स टावर, बत्तीसपुतली

    ३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान

    ३१) बिगमार्ट, शंखमुल

    ३२) बिबिएसएम, कोटेश्वर

    ३३) सिफल चौर, सिफल

    ३४) केटिएम पार्टी प्यालेस,

    ३५) निराकल कम्प्लेक्स, शंखमुल

    ३६) एसि कम्प्लेक्स, चाबहिल

    ३७) भाटभटेनी, कोटेश्वर

    ३८) भाटभटेनी, नक्साल

    ३९) विग मार्ग, बालुवाटार

    ४०) सेल्स बेरी, महाराजगञ्ज

    ४१) भाटभटेनी, महाराजगञ्ज

    ४२) कोइराला मार्ट, सामाखुशी

    ४३) विग मार्ट, सामाखुशी

    ४४) सिटी सेन्टर, कमलपोखरी

    ४५) ल्होत्से मल, बालाजु

    ४६) सासा ब्याङकेट सोह्र खुट्टे

    स्वदेशी फूल व्यापारीहरू आफूलाई पायक पर्ने स्थान छान्न सक्नेछन्, जसमा महानगर प्रहरीले सहजीकरण गर्नेछ।

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ