२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तिहारको भाइमसला: २५% महँगो, कुन ड्राइफ्रुटको मूल्य कति?

images

  • २०८१ कात्तिक १३, मंगलबार
  • 3.9K
    SHARES
  • तिहारको भाइमसला: २५% महँगो, कुन ड्राइफ्रुटको मूल्य कति?

    काठमाडौं : तिहार नजिकिएसँगै बजारमा भाइमसलाको मूल्यले पनि बजार तताउन थालेको छ। प्रमुख चोकदेखि गल्लीसम्म अहिले भाइमसलामा प्रयोग हुने ड्राइफ्रुटको बग्रेल्ती अस्थायी पसलहरूमा बिक्री भइरहेका छन्।

    नेपाल खुद्रा व्यापार संघका अनुसार यो वर्ष भाइमसलामा प्रयोग हुने विभिन्न प्रकारका ड्राइफ्रुटको मूल्य बढेको छ। संघका अध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिएअनुसार गत वर्षको तुलनामा यस वर्ष ड्राइफ्रुटको मूल्य १० देखि २५ प्रतिशतसम्मले बढेको छ।

    भाइमसला ड्राइफ्रुटको (प्रतिकिलो)मूल्य सूचि:

    • काजु : आकार र गुणस्तर अनुसार रु २,२०० देखि रु २,५०० सम्म
    • किसमिस : रु ६०० देखि रु ७०० सम्म
    • आलमण्ड (बदाम) : रु १,६०० देखि रु १,७०० सम्म
    • छोकडा : रु ५०० देखि रु ५५० सम्म
    • पेस्ता : रु २,००० देखि रु २,२०० सम्म
    • नरिवल : रु ६०० देखि रु ७०० सम्म

    काजुको मूल्य गत वर्षको तुलनामा २५ प्रतिशतले बढेको छ भने आलमण्डमा २० प्रतिशत र अन्यमा १० प्रतिशतले वृद्धि भएको छ। बजारमा ढुवानीको असुविधाका कारण मूल्यवृद्धि भएको बज्राचार्यले जानकारी दिए।

    ड्राइफ्रुट आयात तथ्यांक 

    भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोज) को अवधिमा १ अर्ब ५२ करोड ६४ लाख रुपैयाँबराबरको १ करोड ४८ लाख किलो ड्राइफ्रुट विभिन्न देशबाट आयात भएको छ। गत वर्ष २ अर्ब ७२ करोड रुपैयाँबराबरको २ करोड २ लाख किलो ड्राइफ्रुट आयात भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ