काठमाडौँ : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारणसभा आज कात्तिक १४ गते बिहान ११ बजे गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बस्दैछ। सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
यस बाहेक, सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, र अन्य वित्तीय विवरण छलफल गरी पारित गरिनेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्न र पारिश्रमिक निर्धारण गर्न पनि सभाले प्रस्ताव पारित गर्नेछ।
सभामा ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत पारित गर्ने योजना छ। सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते एक दिन बुक क्लोज गरिसकेको हुँदा कात्तिक ४ गतेसम्म कायम रहेका शेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन्।



