काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ, भने अन्य क्षेत्रहरूमा आंशिक बदली सहित मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई पहाडी क्षेत्रमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ, भने अन्य स्थानहरूमा आंशिक बदली सहित मौसम प्रायः सफा रहनेछ।



