काठमाडौँ : नबिल बैंकद्वारा लाभांष घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १० प्रतिशत नगद लाभांश रहेको छ।
कात्तिक १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।




