काठमाडौँ : आज पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाली बजारमा आज बुधबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।
आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर १ लाख ७० हजार ७ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर २ हजार १ सय २० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य २ हजर १ सय ५ रुपैयाँ थियो।



